रुपन्देहीको भुजौलीमा एनआईसीको शुरु भयो शाखारहित बैंकिङ्ग सेवा |
काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको सुद्धोधन गाउँपालिकामा आफ्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गाउपालिकाको भुजौलीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको शुद्धोधन गाउँपालिका अध्यक्ष किसुन चन्द्र चौधरीले गरेका हुन्। । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले गंगा ढकाललाई नियुक्त गरेको छ ।
यो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने,स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले मुलुकभर २ सय ३८ शाखा कार्यालयहरु, २ सय ३२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।