राजधानीका ट्याक्सीचालकले अनिवार्य रूपमा ज्याकेट लगाउनुपर्ने |

काठमाडौं । आजबाट राजधानीका ट्याक्सीचालकले आजबाटै अनिवार्य रूपमा ज्याकेट लगाउनुपर्ने भएको छ । ट्याक्सी ड्राइभरले अन्य ड्रेसको साटो ज्याकेट लगाउनुपर्ने भएको हो ।
महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरलाई छुट्टै ड्रेसको सट्टामा पहेँलो फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने व्यवस्था लागू गरेको छ । विगत लामो समयदेखि ट्याक्सी ड्राइभरहरूका लागि छुट्टै ड्रेस तय गर्ने विषयमा पटकपटक छलफल भए पनि निष्कर्षमा नपुगेपछि यस्तो उपाय निकालिएको हो ।
चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा ड्रेसको साटो ज्याकेट लगाउनुपर्ने व्यवस्था लागू गरिएको महाशाखाले जानकारी दिएको छ । संघले न्यूनतम मूल्यको एउटै रंगको ज्याकेट व्यवस्था गरेको छ ।