नबिल बैंकको संचालकमा हेरफेर |
काठमाडौं (आपास) । नबिल बैंकको सञ्चालक समितिमा हेरफेर भएको छ । बैंकले संस्थापक शेयरधनी एनबी इण्टरनेशनल लिमिटेडको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा परिवर्तन गरेको हो ।
एनबीले आशिष शर्मा प्रतिनिधि रहेको स्थानमा अब मलय मुखर्जीलाई प्रतिनिधित्व गराएको छ । मुखर्जीलाई प्रतिनिधित्व गराएसँगै उनले भदौ १ गते नै पद बहाली गरिसकेको बैंकले जानकार िदिएको छ । उनी बैंकको ४९३औ संञ्चालक समितिको बैंठकबाट मनोनित भएका हुन् ।