ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का |
काठमाडौं (आपास) । ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार बन्द गरिएको छ । प्राइम कमर्सियल बैंकले ओमलाई प्राप्ति गर्ने भएपछि उक्त बैंकको शेयर कारोबार रोकिएको हो ।
एक्विजिशनसम्बन्धी सम्झौतापत्रमा दुवै बैंकले हस्ताक्षर गरिसकेका छन् । मंसिर पहिलो साताभित्रै एक्विजिशनसम्बन्धी कार्य सम्पन्न गर्ने सहमति दुवै बैंकबीच भएको छ ।
प्राप्त जानकारीअनुसार एक महिनाभित्र डीडीए गर्ने सहमति भए पनि ओमको स्वाप रेसियो ६० भन्दा बढी दिएर मिलान गर्ने तयारी भएको छ ।