भत्ता सकिए पछि १० बजे खुल्दै राहदानी विभाग |

काठमाडौं । अहिले राहदानी विभाग बिहान १० बजे खुल्न थालेको छ । विभागको वेबसाइटमा बिहान ९ बजेदेखि कार्यालय खुल्ने सूचना अझै छ । सेवाग्राहीलाई छिटो सेवा दिन सन् २०१५ देखि विभागले ९ बजेबाट नै सेवा सुरू गरेको थियो । दुई वर्ष ९ बजेदेखि सेवाग्राहीलाई छिटो सेवा दिएका विभागका कर्मचारी साउनयता अरूजस्तै १० बजे अफिस पुग्न थालेका छन् ।
पहिलो, काम गरेका कर्मचारीले वर्ष दिनदेखि सेवा, सुविधा पाएका छैनन् । अहिले सरकारले नै १० बजेदेखि कार्यालय खोल्न भनेको विभागको भनाई छ । कर्मचारीले प्रोत्साहन भत्ता नपाएर भन्दा पनि सरकारको नीति नै १० बजे कार्यालय खोल्ने भन्ने रहेकोले ९ बजे विभाग नखुलेको बताइएको छ ।