रसुवागढी नाकाबाट सामान आउन पाएन | तीजका सामाग्रिहरु बाटैमा अडकिए
काठमाडौं । वर्षाका कारण राजमार्ग अवरुद्ध भएपछि चीनबाट सामान आउन सकेको छैन । राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । तीज नजिकिदै गर्दा यता बजारमा भने यस्ता सामाग्रिको अभाव शुरु भइ सकेको छ ।
काठमाडौं महाबौद्ध बिक्री स्थलमा सामान अभाव हुँदै गएको र साउन ११ गतेबाटै ढुवानीमा राजमार्ग अवरुद्ध भएपछि उपभोक्ताको माग आपूर्ति गर्न समस्या बढ्दै गएको छ । रेडिमेट कपडा, जुत्ता चप्पल, इलेक्ट्रिक उपकरण, स्याउ लसुन, अदुवालगायतका अबौँ रुपियाँका सामग्री केरुङ आइसकेको छ । तर सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा एक हजार टिपभन्दा बढी त्यस्ता सामग्री बिच बाटोमा रोकिएको बताइएको छ ।