पेट्रोल, डिजल र हवाइ इन्धनको मूल्य बढयो | खाना पकाउने ग्यासको मूल्य भने यथावत

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाइ इन्धनको मूल्य फेरि बढाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलको एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाले मूल्य बढाएको हो । अमेरिकी डलरको भाउ आकासिन थालेपछि निगमले इन्धनको मूल्य बढाएको बताएको छ । अहिले अमेरिकी डलरको भाउ ११२ रुपैयाँभन्दा माथि पुगेको छ । यसैको असर इन्धनको मूल्यमा पनि परेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ ।