वर्षाको मौसममा पहेलो रङले घर सजाउनुहोस |
वर्षातको समयलाई रङको मौसम भनिन्छ । वातावरणमा हरियाली, आकासमा इनद्रधनुष, बादलको बदलि रहने रुप आदिले हामीलाई प्रकृतीका सबै देखाइ दिन्छन् । यस्तो मौसममा हामीले पनि किन आफ्नो घर लाई नयाँ रुप नदिने ? आजकाल घरलाई सजाउनका लागि ब्राइट रङको फेसन चलिरहेको छ । ब्राइट रङले घर रङ्गाउनाले कमजोरी तथा उदासीपन हटेर जान्छ । आज हामी तपाई लाई घर सजाउनका लागि बिशेष रङको बारेमा जानकारी दिन गइरहेका छौ । त्यो बिशेष रङ हो पहेलो । पहेलो रङ एकदमै ब्राइट हुनुका साथै साथै पुर्नरताजगी पनि दिन्छ । वर्षतको समयमा पहेलो रङ एकदमै खुलेको लाग्नुका साथै चिपचिप लागदैन । यसका साथै घरका पर्दा, तन्नालगायत पनि पहेलो रङको राखनुहोस् । यसबाट घर एकदमै शुन्दर देखिनेछ ।
पहेलो पर्दाः– यदि तपाईको घरमा डार्क रङको सोफा छ भने पहेलो रङको पर्दा एकदमै सुहाउछ । यसले तपाईको कोठा चम्किलो लाग्नुका साथै उमङ्गले भरीएको महशुस हुन्छ । पहेलो रङ क िपनि डिप्रेसन दिने खालको हुदैन ।
पहेलो तन्नाः– कागती जस्तोे पहेलो रङको तन्नाले कोठालाई स्पेसल लुक दिन्छ । यदि तपाईले कोठा लाई झनै खुलेको देखाउन चाहनु हुन्छ भने फूलको बुट्टा भएको तन्ना राख्नु पर्छ ।
पहेलो फूलः– पहेलो फूलले सधैभरी तपाईको घरलाई नयाँ स्फूर्तीले भरीदिन्छ । पहेलो गुलाब, सुरजभूखी तथा सयपत्रीका फूल एकदमै लोभ्याउने खालका हुन्छन् ।
पहेलो कुशनः– तपाईले आफ्नो सोफामा तन्नाको बुट्टा वा रङसँग मिल्ने कुशन कभर लगाउनु होस् । यसबाट सोफा पनि कोठाको रङसँग मिल्नुका साथै सजावट पनि राम्रो देखिन्छ ।
पहेला सामाग्रिः– आफ्नो घर सजाउनका लागि तपाईले जे सामाग्रि ल्याए पनि त्यो पहेलो नै ल्याउनुहोस् । हावाले हल्लाउदा बज्ने विंड चाइम्स, लाइटलगायतका सामाग्रि पहेलो राख्न सकिन्छ । यसले घरमा नयाँ लुक आउँछ ।