कुमारी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता | कुमारी बैंकका ग्राहकलाई विभिन्न उपचार सेवामा १० प्रतिशत छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टर) बीच स्वास्थ्य उपचारसम्बन्धी सम्mभौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकहरूले सो अस्पतालमा उपचार गराउँदा अस्पतालले दिने विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।