कालिका पावर कम्पनीको आईपीओ स्वीकृत |
काठमाडौं (आपास) । कालिका पावर कम्पनीलाई आईपीओ निष्कासनका लागि बाटो खुल्ला भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही भदौ ३ गते आइतवार उक्त आईपीओ निष्कासनका लागि स्वीकृति दिएसँगै कम्पनीलाई उक्त शेयर निष्कासनका लागि बाटो खुल्ला भएको हो ।
कम्पनीले प्रति शेयर १ सय अंकित दरको १२ लाख कित्ता आईपीओ निष्कासनका लागि स्वीकृति पाएको हो । उक्त शेयरको विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।