ज्योति विकास र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता |
काठमाडौं (आपास) । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले आइतवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देवः विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिने बैंकले जानकार िदिएको छ ।
हाल ज्योति विकास बैंकका कुल ६० वटा र देवः विकास बैंकका ५१ वटा शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् ।