डिसहोमको योजना, रिचार्ज गरे जडान सित्तैंमा |

काठमाडौं । स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले बजारमा नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना उपभोक्तामाझ डिस होम फ्री अफर नामक नयाँ योजना ल्याएको हो ।
उक्त योजनाअनुसार ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैंमा पाउन सक्ने कम्पनीले जानकार िदिएको छ । कम्पनीका अनुसार उक्त योजना यही भदौ १ देखि सीमित अवधिका लागि शुरू भइसकेको बताएको छ ।
सरकारले लागू गरेको अनिवार्य डिजिटलाइजेशनको नीति नेपालभर लागू भइसकेको अवस्थामा ग्राहकहरूलाई सजिलै गुणस्तरीय सेवा प्रदान गर्न त्यस्तो योजना ल्याएको कम्पनीले बताएको छ ।