दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने |
काठमाडौं । मेलम्चीको सुरुङ निर्माण कार्य पुरा हुन अझै केहि समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।
चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । अन्तिम सजावटको काम सकेपछि पनि पानी ल्याउन मुहानमा ‘हेड वक्र्स’ काम सक्नुपर्ने हुन्छ । वर्षातमा ‘हेड बक्र्स’ को काम हुन नसक्ने भएकाले पनि काममा ढिलाइ भएको बताइएको छ । हाल मुहानमा ‘हेड बक्र्स’ को कामको तयारी मात्र भइरहेको छ ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङमध्ये हालसम्म ९ दशमलब ४ किलोमिटर सुरुङमा मात्र अन्तिम सजावट सम्पन्न भएको छ । बाँकी १८ किलोमिटर सुरुङको काम सक्न तीन महिना लाग्ने बताइएको छ ।
विसं २०६६ साउनबाट शुरु भएको सुरुङ निर्माण २०७४ चैतमा सम्पन्न भएको थियो । चीनको चाइना रेल्बे कम्पनीले ठेक्का छोडी गएपछि डेढ वर्ष नयाँ ठेक्का प्रक्रियाका कारण