ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने |
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बृद्धिका लागि विशेष साधारणसभा बोलाएको छ ।
संस्थाले चुक्ता पूँजी बृद्धिका लागि हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने जानकारी दिएको छ । संस्थाले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लग्नेछ । संस्थाले हकप्रद निष्कासन गर्दा शेयरधनीलाइ एक कित्ता भन्दा कम भएको खण्डिकृत शेयरमा समेत एक कित्ता हकप्रद शेयर दिने विशेष प्रस्ताव गर्दैछ ।
संस्थाले असोज पाँच गते केन्द्रीय कार्यालय बुटवलमा साभारणसभा बोलाएको छ । उक्त साधारणसभाको लागि संस्थाले भदौ १८ गते देखि असोज पाँच गतेसम्म बुक क्लोज गर्ने छ । हाल संस्थाको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात संस्थाले चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।