मेगा बैंकको अफरː मासिक १५ हजार रुपैयाँ किस्ता तिरेर गाडी किन्न सकिने |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्रालि बीच किस्तामा गाडी कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार, नारायणी अटोबाट अलटो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार साढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन्। ।
नारायणी अटोबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने छ । सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेशका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन्। । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जानकारी दिएको छ ।