राष्ट्रिय बीमा कम्पनीे र ओम डभेलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । राष्ट्रिय बीमा कम्पनी र ओम डभेलपमेन्ट बैंकबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमान अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर विक्रम रायमाझीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै अब बैंकले आफ्नो सम्पत्ति, ग्राहक तथा कर्मचारीहरूको दुर्घटना, स्वास्थ्य र लगानी गरिएको सम्पत्तिमाथिको विभिन्न प्रकारको बीमा राष्ट्रिय बीमा कम्पनीबाट सजिलै गर्न सक्नेछ । अब कम्पनीका ग्राहकहरूले बैंकका सबै शाखाबाट निर्जीवन बीमासम्बन्धी बीमालेख, दाबी भुक्तानीलगायत सम्पूर्ण सेवा पाउनसक्ने बैंकले बताएको छ ।