एनआईसी एशिया र नर्भिक अस्पतालबीच सम्झौता | बैंकका ग्राहकहरुलाई स्वास्थ्योपचारमा १० प्रतिशतसम्म छुट
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र नर्भिक इण्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजबीच स्वास्थ्योपचारसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब एनआईसी एशिया बैंकका डेबिट कार्डहोल्डर ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।