पद खोसिए पछि टेलिकम प्रबन्ध निर्देशक राजभण्डारी सर्वोेच्चमा |
काठमाडौँ । सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोेच्चमा अदालतमा रिट दर्ता गरेकी छन् । सरकारले आफुलाई प्रतिस्पर्धा बाट समय तोकेर नियुत्त गरे पनि हटाएको भन्दै राजभण्डारीले पुनर्बहालीको माग गरेकी हुन ।
नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक लगाउन पनि उनले माग गरेकी छन्। । तत्काल अन्तरिम आदेश नभएमा आफूलाई अपूरणीय क्षति पुग्ने उनको भनाई छ ।
भदौ १ गते दर्ता भएको रिटको पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ । एकल इजलासको अन्तिम नम्बरमा रिटको पेसी परेको छ । फोरजी सेवा विस्तार गर्न नसकेको लगायतका कारण देखाएर सञ्चार मन्त्रालयले राजभण्डारीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणपछि मन्त्रिपरिषदको साउन २९ गतेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो ।