सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिश निःशुल्कː चन्द्रागिरि नगरपालिका |

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गर्ने घोषणा गरेको छ । नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर लाई यस वर्ष पनि निःशुल्क बनाएको छ । यस कार्यले अन्य स्थानीय सरकारको लागि अनुकरणीय र उदाहरणीय कार्य गर्न प्रेणा दिएको नगरपालिकाको भनाई छ ।
नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको हो । नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता लगायतका सिफारिशमा अघिल्लो वर्ष पनि शुल्क नलगाइएको नगरपालिकाले जानकारी दिएको छ ।