एशियन लाइफ १०ः६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै |
काठमाडौं (आपास) । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटलाई नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा एशियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र विक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले साविक १० बराबर ६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि उक्त कम्पनीलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले प्रतिशेयर १ सयको दरले ७५ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन गरेपछि कम्पनीको कुल चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ ।