सरकारद्वारा कर विवाद समाधानका लागि समिति गठन |
काठमाडौं । कर बिवाद समाधानका लागि दुई वोटा समिति गठन भएका छन् । मन्त्रिपरिषद बैठकले सचिवस्तरीय समिति गठन गरेको छ भने अर्थमन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति बनाएको छ ।
संघीय मामिलमा तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित समितिले हाल संघ, प्रदेश र स्थानीय तहबीच उत्पन्न कर विवाद र अहिले उठेका करका दरहरुसम्बन्धी सवालहरु सम्बोधन गर्न सरकारलाई सुझाव दिनेछ । समितिमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगाना र वित्त आयोगका सचिव बैकुण्ठ अर्याल सदस्य छन् ।यस्तै अर्थ मन्त्रालयले पनि उद्योग व्यवसायीले दोहोरो करबारे उठाएका सवालाई सम्बोधन गर्न अर्को समिति गठन गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा दोहोरो पर्ने गरी कर निर्धारण गरिएको व्यवसायीको दावीमाथि छानविन गरेर सुझाव दिन अर्थमन्त्रालयका राजश्व महाशाखका प्रमुख हरिशरण पुडासैनीको नेतृत्वका व्यवसायी सहितको समिति बनाइएको छ । दुबै समितिमार्फत आउने प्रतिवेदनका आधारमा सरकारले आगामि कदम चाल्ने अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन् ।