कैलाश विकास बैंक र गरिमा रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता |
काठमाडौं (आपास) । कैलाश विकास बैंक र गरिमा रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक महाप्रबन्धक सूर्यप्रसाद तिवारी र गरिमा रेमिटको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै कैलाश विकास बैंकका जुनसुकै शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा पैसा जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ ।