ओप्पो एफनाइन यही अगस्तको अन्तिममा सार्वजनिक हुने |
काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ मोडल एफनाइन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यही अगस्टको अन्तिमसम्ममा उक्त स्मार्ट फोन सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएको हो ।
एफ सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोनमा भीओओसी फ्ल्यास चार्ज, ग्राडियण्ट कलर्स तथा पृथक वाटरड्रप स्क्रिन रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार भीओओसी फ्ल्यास चार्जले कमभोल्टेज फाष्ट चार्जिङ प्रविधिमार्फत तीव्र गतिमा चार्जिङ सुविधा प्रदान गर्नुका साथै सुरक्षित चार्जिङ प्रक्रियाको समेत सुनिश्चितता प्रदान गर्छ ।
कम्पनीले ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी तीन भिन्न आकर्षक रङमा यो फोन उपलब्ध गराउने बताएको छ । यो फोन यही अगष्टको अन्त्यसम्ममा नेपाली बजारमा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।