पाकिस्तानका २२ औं प्रधानमन्त्रीमा इमरान खान विजयी |
काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री पदका लागि नेशनल एसेम्बलीमा भएको निर्वाचनमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित भएका छन् । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक–ए–इन्साफका अध्यक्ष खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन । खान १ सय ७६ मतका साथ प्रधानमन्त्री चुनिए ।
शाहज शरीफले ९६ मत मात्र पाए । पाकिस्तान पिपुल्स लिग –पीपीपी) ले भने मतदान बहिस्कार गरेको छ । सभामुखले प्रधानमन्त्री निर्वाचनको मत परीणाम घोषणा गरेलगत्तै विपक्षी सांसदहरुले नाराबाजी गरेका छन् ।