एनएमबी बैंकको १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित |
काठमाडौं (आपास) । एनएमबी बैंक लिमिटेडको शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ । बैंकको हालै सम्पन्न २२औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकको उक्त बोनस वितरणपश्चात् चुक्तापूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ । सभाले कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।