सांग्रिला डेभलपमेण्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । बैंक तथा इन्स्योरेन्सबीच बिहीवार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवासम्वन्धी सम्पूर्ण सेवा बैंकका सबै शाखाबाट लिन सक्ने बैंकले बताएको छ ।