ग्लोबल आईएमई लघुवित्तले १५ प्रतिशत बोनस दिने |

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश दिने भएको छ । साथै, उक्त संस्थाले कर प्रयोजनका लागि ७ लाख ५८ हजार २ सय ८९ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
कम्पनीले गतआव २०७४७५को असार मसान्तमा कायम रहेको चुक्तापूँजीको सो मात्राको बोनश सेयर दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले सो मात्राको लाभांश पाउने कम्पनीले जानकारी दिएको छ ।