चिकित्सकहरूले प्रमाणपत्र भदौ १५ सम्म नबुझाउने |

काठमाडौं । नेपाल चिकित्सक संघले एप्रोन र काउन्सिल प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम भदौ १५ गतेसम्मको लागि स्थगन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट बिहिबार जारी गरिएको विज्ञप्तिमा उक्त विवादित दफा तथा उपदफाहरूमा आवश्यकता अनुसार संशोधन गरी सम्बोधन गर्ने उल्लेख भएको हुनाले संघले आफ्नो कार्यक्रम स्थगन गरेको हो ।
यसअघि चिकित्सकहरूले भदौ १ गतेदेखि एप्रोन र काउन्सिल प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने बताएका थिय । मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’ मा उपचारका क्रममा लापरबाही गरेर विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने व्यवस्था छ ।
उक्त समयावधिभित्र संशोधन प्रस्ताव पेशगरी प्रक्रियामा नलगिएको खण्डमा संघको केन्द्रीय समितिको निर्णय अनुसार संघमा संकलन भएका प्रमाण पत्रहरू नेपाल मेडिकल काउन्सिलमा बुझाइ चिकित्सकीय पेशाबाट अलग हुने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।