राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई नर्भिकमा छुट |
काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाबीचको उक्त सम्झौतासँगै अब बैंकका डेबिटकार्डहोल्डर ग्राहकहरूले उक्त हस्पिटलबाट लिइने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।
बैंकले खोल्यो नयाँ शाखा बाराको गञ्जभवानीपुरमा
बैंकले बाराको महागढीमाई नगरपालिका वडा नं. ३ गञ्जभवानीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंक सञ्चालक समितिका सदस्य जनककुमार बरालले उद्घाटन गरेका हुन् । उक्त शाखाको उद्घाटनसँगै बैंकको शाखा संख्या २ सय ६ पुगेको छ ।