पायोनियर मोटोकर्पको गाडी एक्सचेञ्ज क्याम्प, ३ लाखसम्म छुट, ५ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस |

काठमाडौं (आपास) । नेपालका लागि निशान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले गाडीको एक्सचेञ्ज मेला आयोजना गरेको छ । साउन २८ देखि जारी मेला आगामी भदौ ४ गतेसम्म सञ्चालन हुने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार उक्त मेलामा ग्राहकले ३ लाखसम्म छुट, ५ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस तथा थुप्रै उपहारहरू प्राप्त गर्ने छन् । मेलामा पुराना गाडीको उचित मूल्यांकन पनि गरिने र तुरुन्तै किस्ताबन्दीको सुविधासमेत प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।