पुनर्निर्माण प्राधिकारणको सीइओमा पुनः ज्ञवाली |
काठमाडौं (आपास) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उनलाई ओली सरकारले नै प्राधिकरणको सीआईओ बनाएको थियो । तत्कालीन एमाले सरकार हटेपछि बनेको प्रचण्ड नेतृत्वको सरकारले उनलाई उक्त पदबाट हटाएको थियो ।
आफूलाई हटाउने प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै उनी अदालत गएका थिए । तर, उनको मुद्दामा अन्तरिम आदेश नै भएन । मुद्दा सर्वोच्चमा अझै विचाराधीन अवस्थामा रहेकै बेला उनलाई पुनः सोही पदमा नियुक्ति दिइएको छ ।