एनआईसी एशियाका धादिङमा तीन नयाँ शाखा सञ्चालनमा |
काठमाडौं । एनआईसी एशिया बैंकले धादिङमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धादिङको खानीखोला, धुनिबेंसी र धार्केमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
योसँगै बैंकको शाखा संख्या २ सय ३७ पुगेको छ भने बैंकले १४ वटा एक्सटेन्सन काउण्टर र १७ वटा शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा दिइरहेको छ । बैंकको कुल निक्षेप करिब १ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।