रंगशाला निर्माणमा क्रममा कतारमा एक नेपालीको मृत्यु |

काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख गरिएको छ । मृतकको नाम, ठेगाना खुलाइएको छैन ।
नेपाली अधिकारीहरु मार्फत मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ । आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ र त्यसको तयारी स्वरुप रंगशाला निर्माण तथा स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । सो काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ ।