लक्ष्मी लघुवित्तका तीन नयाँ शाखा सञ्चालनमा |
काठमाडौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले सिन्धुलीको भिमान, धनुषाको क्षीरेश्वर र महोत्तरीको गौशाला गरी ३ वटा शाखा कार्यालय विस्तार गरेको हो । वित्तीय संस्थाका सञ्चालक समितिका सदस्यद्वय मनोहर राज उप्रेती र भोलाराम श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले प्रथम कर्जा वितरण गरी ती शाखाको शुभारम्भ गरेका हुन् ।
उक्त संस्थाको अधिकृत पूँजी ४० करोड र चुक्तापूँजी २४ करोड २० लाख रहेको छ । संस्थाले विपन्न वर्गका परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएको छ । केन्द्रीय कार्यालय काठमाडौंमा रहेको उक्त संस्थाले ग्रामीण, पिछडिएको, बैंकिङ पहुँचबाट टाढा रहेका ग्रामीण जनतालाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।