ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता |
काठमाडौं (आपास) । ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँग ज्योति बैंकको रेमिट सेवा कुमारी बैंकका जुनसुकै शाखाबाट र कुमारी बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैंकको जुनसुकै शाखाबाट प्राप्त गर्न सकिने बै.कले जानकारी दिएको छ ।