‘गरिमा र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता |
काठमाडौं (आपास) । ‘गरिमा रेमिट’ सेवा सञ्चालनका लागि गरिमा विकास बैंक र देवः विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवः विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै अब देवः विकास बैंकका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन पाउन र खातामा जम्मा गर्न सकिने बैंकले बताएको छ।