सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको टोखामा |
काठमाडौं (आपास) । सिटिजन्स बैंकले काठमाडौँको टोखामा आफ्नो शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्घाटन गरेका हुन् ।
बैंकले साना व्यवसाय कर्जामा पहुँच बढाउने उद्देश्यले उक्त नयाँ शाखाको स्थापना गरेको बताएको छ । शाखा कार्यालयको उद्घाटनका अवसरमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
उक्त शाखाबाट बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू उपलब्ध गराउने जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ७९ वटा शाखा, ७१ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आइरहेको छ ।