नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त |

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । हिजो मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । ओली सरकार आए पछि उनको काम चित्त बुझ्दो नभएको भन्दै तीन पटक स्पष्टीकरण सोधिएको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी गत असोज ६ गते नियुक्त भएकी थिइन ।
नेपाल टेलिकमले काठमाडौं र पोखरा बाहेक अन्य शहरहरुमा फोरजी सेवा बिस्तार गर्न सकेको छैन । निजी क्षेत्रको सेवा प्रदायक एनसेल भन्दा छिटो फोरजी सेवा संचालनको अनुमति पाएपनि टेलिकमले राम्रो सँग सेवा बिस्तार गर्न सकि रहेको छैन । अहिले टेलिकम कुनै नयाँ योजना नल्याएर त्यतिकै अल्झिएर बसेको छ ।
९० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व भएको र सरकारलाई सबैभन्दा धेरै लाभांस दिने सार्वजनिक संस्थान नेपाल टेलिकमले निजी स्वामित्वको एनसेललेभन्दा झण्डै आधा कर बुझाएको छ । वितेका केही वर्षदेखि नेपाल टेलिकमभन्दा एनसेलले बढी मुनाफा गरिरहेको छ । साथै कर पनि बढि बुझाइरहेको छ ।