एलर्जीबाट बच्न कस्ता खाने कुरा खाने |

एलर्जीले धेरै मानिसलाई सताइरहेको हुन्छ । शरीरले कुनै पदार्थप्रति धेरै नै संवेदनशीलता दर्शाउनुलाई एलर्जी भनिन्छ । एलर्जी कुनै पनि पदार्थबाट हुन सक्छ । मौसम बदलिँदा, धूलो, धूँवा, परागको कारण, खाद्यपदार्थ, कस्मेटिक, औषधिको प्रयोगलगायत अन्य थुप्रै कारणले एलर्जी हुन सक्छ । एलर्जीको प्रतिक्रिया नाक, आँखा, फोक्सो, घाँटी, श्वासप्रश्वास प्रणाली, मुख, छाला आदि अङ्गमा पर्न सक्छ । यसको प्रतिक्रिया कहिलेकाहीँ पूरै शरीरमा पनि पर्न सक्छ । एलर्जीको उपचार गर्ने थुप्रै तरीका छन् । यदि तपाईं एलर्जीबाट ग्रसित हुनुहुन्छ भने आफ्नो खानामा एण्टी–एलर्जी वस्तु सामेल गर्न सक्नुहुन्छ ।
स्याउ
.jpg)
दिनदिनै एउटा स्याउ खानाले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुनुका साथै एलर्जी पनि टाढै रहन्छ । स्याउमा क्वेर्सेटिन फ्लाभोनोइड हुन्छ, जसले एलर्जी हुनबाट बचाउँछ ।
बेसार
.jpg)
बेसारमा कर्कुमिन नामक पदार्थ पाइन्छ, जसमा एकदमै शक्तिशाली एण्टिअक्सिडेण्ट तथा एण्टिइन्फ्लेमिट्री तŒव हुन्छ । यी तŒवले एलर्जीको प्रतिक्रिया रोक्न सघाउ पुग्छ । सानो चम्चाको एक चम्चा बेसार तातो दूधमा राखेर दिनदिनै पिउँदा एलर्जीले असर गर्दैन ।
लसुन

लसुन एण्टी एलर्जी भएको सुपर फूड हो । खानामा यसलाई सामेल गर्नु एकदमै जरुरी छ । यसले शरीरमा केही यस्ता इञ्जाइम्स एकत्रित गर्छ, जसले एलर्जीको रियाक्शनबाट जोगाउँछ । दिनमा एक वा दुईओटा लसुनका केस्रा खानु राम्रो हुन्छ ।
कागती
.jpg)
कागती खानाले रोगप्रतिरोधक क्षमता बढ्ने भएकाले सबै प्रकारका एलर्जी हराउँछ । यसमा भिटामिन सी तथा एण्टिअक्सिडेण्ट पाइन्छ । दिनमा एक गिलास कागतीपानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
सालमन माछा
.jpg)
सालमन चिसो पानीमा पाइने माछा हो । यसमा ओमेगा–३ फ्याट एसिड धेरै पाइन्छ । यो फ्याट एसिडले एलर्जीसँग लड्न सहयोग पु¥याउँछ । यसले फोक्सोलाई मजबूत बनाउनुका साथै एलर्जीबाट उत्पन्न हुने श्वासप्रश्वास बढ्ने, नाक बन्द हुने तथा रुघाखोकीजस्ता समस्या पनि हटाउँछ ।
ग्रीन टीे
.jpg)
हरेक दिन २ कप ग्रीन टी पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । साथै, तपाईं एलर्जीबाट पनि बच्न सक्नु हुन्छ ।
सखरखण्ड

सखरखण्डमा बिटा क्यारोटिनका साथै पोटासियम, म्याग्नेसियम तथा भिटामिन–६ पनि पाइन्छ । यी सबै चिजले शरीरको सुजन कम गर्छन् । हरेक दिन दुई÷तीनओटा सखरखण्ड खाँदा शरीरमा एलर्जी हुन पाउँदैन ।
अदुवा

अदुवामा एण्टिइन्फ्लेमेटरी तथा एण्टिअक्सिडेण्ट गुण हुन्छन् । यी तŒवले एलर्जी टाढै राख्न सघाउ पुग्छ । अदुवा राखेको चिया दिनहुँ दुई कप पिउनाले शरीरलाई लाभ पुग्छ । अदुवाका साना दुई टुक्रा तरकारीमा पकाएर खानु स्वास्थ्यवद्र्धक हुन्छ ।
फर्सीको बियाँ

फर्सीको बियाँमा सिलियम तथा ओमेगाजस्ता एसिड पाइन्छ, जसले एलर्जी हुन दिँदैन । एक चम्चा फर्सीको बियाँलाई एक गिलास तातो दूधमा मिसाएर दिनहँु खानु राम्रो हुन्छ । तपाईं यसलाई सलाद, दही तथा अन्य खानामा पनि मिसाएर खान सक्नुहुन्छ ।