जनसेवी लघुवित्तले चार लाख २० हजार कित्ता आईपिओ जारी गर्ने |
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड २० लाख रुपैयाँ बराबरको सेयर निष्काशनका लागि लघुवित्तले एनएमबि क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइपिओ जारी गरेपछि कम्पनीको चूक्ता पूँजी १४ करोड रुपैया पुग्नेछ ।
लघुवित्तले गत आर्थिक बर्षमा ६० लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको छ । चालु आर्थिक बर्षमा संस्थाले थप ६ जिल्लामा शाखा बिस्तार गर्ने जानकारी दिएको छ । चालू आवमा बिस्तार गर्ने शाखा सहित सस्थाको कुल शाखा सङ्ख्या ३२ पुग्नेछ ।
पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेकोे लघुवित्तले ०७० असोज बाट कारोवार सूरु गरेको थियो । दश जिल्ला कार्यक्षेत्र रहेको लघुबित्तले रूकुम , रोल्पा, पर्वत , बाग्लुङ, म्याग्दी, गुल्मी, कास्की, लमजुंङ, तनहुँ, गोर्खाका विभिन्न १८ स्थानबाट वित्तिय सेवा प्रबाह गरिरहेको छ ।