स्प्राईटको ʽस्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायोʼ योजनामा बने ९६ हजारभन्दा बढी विजेता |
काठमाडौं । स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको कम्पनीले जानकारी दिएको छ । २० दिन अघि सुरु भएको यस योजनामा तेस्रो हपतासम्ममा ९६ हजार जनाभन्दा बढि उपभोक्ताहरुले १२ लाख रुपैयाँ बरावरको रिचार्ज टकटाईम जितिसकेका छन् । यो योजना अन्तर्गत उपभोक्ताहरुले १० देखि ५ हजार रुपैयाँसम्मको रिचार्ज टकटाईम जित्न सक्छन्् ।
तेस्रो हप्तामा हाडिगाँउ निवासी निरु कार्की, रानीवन ढुुङ्ेधारा निवासी किस्मत ढकाल, जोरपाटीका सुनिल तामाङ्ग र हाडिगाँउकै खगेन्द्र न्यौपानेले ५ हजार रुपैयाँको रिचार्ज टकटाईम जीतेका छन् ।
यो योजना ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ ।