आईएमई इन्स्योरेन्स र सीपी अस्पतालबीच सम्झौता |
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल प्रालि धनगढी, कैलालीबीच स्वास्थ्यउपचारसम्बन्धी सम्झौता भएको छ । दुवै कम्पनीबीच नगदरहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालका तर्पmबाट अस्पतालका प्रशासकीय निर्देशक विकास मौनीले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै अब आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरीद गर्ने ग्राहकलाई बीमालेखको सीमासम्म सीपी अस्पतालबाट नगदरहित हस्पिटलाइजेशन सेवा प्राप्त हुने कम्पनीले बताएको छ ।