सीजीका लक्की ड्र विजेतालाई टीभी हस्तान्तरण |
काठमाडौं (आपास) । नेपालको इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले दुई जना भाग्यशाली ग्राहकलाई उपहारस्वरूप टीभी प्रदान गरेको छ । कम्पनीले हालसालै सम्पन्न विश्वकप फुटबलमा सञ्चालन गरेको योजनाअनुरूप दुई जना भाग्यशाली ग्राहक उदयपुरको कटारीकी रोशनी कार्की र तिलगंगाका सञ्जीव देउलालाई लक्की ड्रमार्फत विजेता घोषित गरी उपहारस्वरूप टीभी प्रदान गरेको हो ।
विजेता दुवैलाई सीजीका बिजनेस युनिट प्रमुख धर्वेन्द्र जोशीले त्रिपुरेश्वरमा रहेको शोरूममा एक कार्यक्रमको आयोजना गरी टीभी हस्तान्तरण गरेका हुन् ।