सरकारको पाँचमहिने उपलब्धि सार्वजनिक | सिण्डिकेट अन्त्यदेखि सार्वजनिक खर्चमा मितव्ययितासम्म

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले कार्यभार सम्हालेपछि गरेका कामहरू सार्वजनिक गरेको छ । सरकारले सोमबार आफ्नो पाँचमहिने उपलब्धि विस्तृत रूपमा सार्वजनिक गरेको हो ।
सरकारले आफ्नो अहिलेसम्मको कार्यकालको उपलब्धि सार्वजनिक गर्दै सुन तस्करमाथिको कारबाही, सिण्डिकेटको अन्त्य, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य तथा रकम मात्र खर्च हुने औचित्यहीन भ्रमणमा नियन्त्रणलगायतका विषयलाई प्रमुख उपलब्धिको रूपमा लिएको छ । यसैगरी, नारायणगढ–मुग्लिन सडक स्तरोन्नति, तुइन विस्थापित, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो मुख्य उपलब्धिमा राखेको छ ।