भदौबाट सरेर मंसिरमा पुग्यो सलोन र साराको ‘सुश्री सम्पत्ती’ |

चलचित्र ‘सुश्री सम्पत्ती’को निर्माणपक्षले यसको प्राविधिक काम नसकिएको भन्दै नयाँ प्रदर्शन मिति तय गरेको छ । भदौ २२ गतेलाई प्रदर्शन मिति तय गर्दै यसको ‘हुकुम’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो । तर, निर्देशक सुव्रतराज आचार्यले चलचित्रको प्राविधिक काम नसकिएको भन्दै भदौ २२ गते चलचित्र प्रदर्शन गर्न नसकिएको बताए ।
अब यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुने भएको छ । चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेको मुख्य भूमिका छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रतले नै लेखेका हुन् ।लचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ । चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय छ भने नायिका प्रियंका कार्कीले विशेष भूमिकामा काम गरेकी छिन् ।