मनकामना केवलकारमा बढ्यो यात्रुको चाप | दशैअघिनै तीन वटा डिब्बा थप्ने
काठमाडौं । मनकामना केवलकारले तीनवटा गोन्डोला (डिब्बा) दशै अघिनै थप्ने भएको छ । यात्रुको चाप बढेपछि कम्पनीले पहिलोपटक तीनवटा डिब्बा थप्न लागेको हो ।
कम्पनीले डिब्बा ल्याइसकेको जानकारी दिएको छ । उक्त तीन वोटा डिब्बा १ करोड २० लाख रुपैयाँमा खरिद गरिएको बताइएको छ । यात्रुको चाप थेग्न नसकेपछि गोन्डोला थप्न लागेका कम्पनीले बताएको छ । गोन्डोला ल्याउन एलसी खोलिसकेको बताइएको छ ।
यो गोन्डोला थपिएपछि मनकामना केबलकारमा ३४ वटा गोन्डोला पुग्नेछ । तीन वटा गोन्डोलाबाट थप दैनिक ८ सय ६४ यात्रु मनकामना केबलकारमा चढ्न सक्नेछन्। । अहिले दैनिक ८ हजार यात्रु ओसारपसार गर्न सक्ने क्षमता केबलकारको छ । १९ वर्षअघि संचालनमा आएको यो केबलकारमा अहिलेसम्म १ करोड २७ लाख यात्रु चढिसकेका छन्। ।
२०५५ साल मंसिर ८ गते सञ्चालनमा आएको केवलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्। । पाँच सय वर्षभन्दा लामो इतिहास भएको हिन्दुहरुको आस्थाकी देवी मनकामना मन्दिर जाने स्थानमा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले केवलकार निर्माण गरेका थिए । ुमनकामना मन्दिर स्वदेशी र विदेशीको समेत प्रमुख धार्मिक गन्तब्य रहेको छ ।