विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट |

विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको हो । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको बताइएको छ ।
बम विस्फोटबाट एक जना घाइते पनि भएका छन । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । बम विस्फोटका कारण अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । भवनलाई प्रहरीले घेरामा राखेको छ । बम विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।