ओप्पो एफनाइन सार्वजनिक गर्ने तयारीमा | उद्योगकै पहिलो ह्याण्डसेट फोन : कम्पनी
काठमाडौं । ओप्पोले लोकप्रिय एफसिरिजअन्तर्गत नयाँ संस्करण ओप्पो एफनाइन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । सार्वजनिक गर्ने तयारीमा रहेको उक्त फोन उद्योगकै पहिलो ह्याण्डसेट फोन भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार सो फोनमा पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे छ । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाइ छ ।
ओप्पो एफनाइनमा रहेको ९०.८ रेसियोसहितको १९.५ ः ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्यास लाइट एकै साथ उपलब्ध गरिएको छ । यिनलाई झट्ट हेर्दा एकअर्कामा आकर्षित भइरहेका पानीका दुई थोपाझैं देखिन्छ । नयाँ फोनकै माध्यमबाट ओप्पोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ ।
वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरूको प्रयोग गरिएको छ । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रूप पनि प्रदान गरेको छ । स्क्रिनसँग समायोजना गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्मसहित कालो रङमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउनसमेत उल्लेख्य भुमिका खेलेको छ ।
उद्योगकै अग्रगामी फ्लिपएलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्यापएप्रोचिङ डिजाइनलगायत ४६ ओटा प्याटेन्टसहित ओप्पो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृश्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ ।