पेट प्लाष्टिक रिसाइकलबारे छलफल |
काठमाडौं । हिमालयन क्लाइमेट इनिसिएटिभले द कोकाकोला फाउण्डेशन, बोटलर्स नेपाल लिमिटेड र जर्मन डेभलपमेन्ट कर्पोरेशनको सहयोगमा प्लाष्टिकजन्य फोहोरलाई नेपालमा स्थाई रूपमा रिसाइकल गर्ने उपायसम्बन्धी एक कार्यक्रमकोे आयोजना गर्यो । यो कार्यक्रम प्लाष्टिकको रिसाइकलसम्बन्धी व्यापार विकासको अवसरमा केन्द्रित रहेको थियो ।
उक्त कार्यक्रमबाट प्राप्त अनुभवलाई कसरी विभिन्न क्षेत्रका स्टेकहोल्डरहरूसँग मिलेर कसरी प्लाष्टिकजन्य पेट बोतलको आर्थिक रूपमा स्थाई व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्नेबारे विभिन्न विकासका साझेदार कम्पनीका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।
डब्लूडब्लूएफका कन्ट्री रिप्रेजेन्टेटिभ अफ नेपालका डा. घनश्याम गुरुङ, कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंह, कोकाकोला कम्पनी बोटलिङ इन्भेस्टमेन्ट ग्रूपका पब्लिक अफियर्स, कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी साउथ एशियाका भाइस प्रेसिडेन्ट टोने अनाया, जर्मन डेभलपमेन्ट कर्पोरेशनकी हेड डा. क्लाउडिया हैपी, हिमालयन क्लाइमेट इनिसिएटिभकी सीईओ सुशीला आचार्यलगायतले कार्यक्रमा मन्तव्य राखेका थिए ।
विगत ४ वर्षदेखि द कोकाकोला फाउण्डेशन, बोटलर्स नेपाल, जीआईजेड र गनेशा इकोस्पेयरले संयुुक्त रूपमा हिमालयन क्लाइमेट इनिसियटिभलाई नगरभित्र ʽपे्रmण्ड्स अफ द सिटीʼ नामको कार्यक्रम सञ्चालन गर्न पेट बोतलको संकलन र पुनः प्रयोग गर्नका लागि फेयर र इथिकल सपोर्टचेन निर्माणमा सहयोग पुर्याउँदै आएको छ । यो पहल स्मार्ट शहर निर्माण गर्नका लागि ७ सय ५० टनभन्दा बढी रिसाइकलयोग्य पेट बोतलहरू नेपाल र भारतका कम्पनीहरूमा पठाइसकेको छ ।
पेट एक व्यावसायिक रूपमा रिसाइकल गर्न सकिने प्लाष्टिक हो, जसका अन्य उत्पादनहरू कार्पेट, ट्रान्सपरेन्ट बोतल, फेब्रिकहरूको निर्माणको लागि धेरै माग हुने कच्चा पदार्थ पनि हो ।