एनबी बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं आपास) । नेपाल बंगलादेश (एनबी) बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र इन्स्योन्सका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुनीलबहादुर पन्तले शुक्रवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका सम्पूर्ण ग्राहकहरूले एनएलजी इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा बैंकका नेपालभर रहेका शाखाबाट प्राप्त गर्न सक्नेछन् ।